Logo

६ अंकले बढ्यो नेप्से, ६० करोड ३७ लाखको कारोवार

६ अंकले बढ्यो नेप्से, ६० करोड ३७ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव २६ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ९५ दशमलव ७८ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार बीमा समुहको परिसुचक सबैभन्दा बढी ४१ दशमलव ४२ अंकले बढेको छ । सो दिन विकास बैंकको परिसुचक १७ दशमलव ४९,फाइनान्स समुहको १७ दशमलव २३,जलविद्युत १६ दशमलव २६ अंकले उकालो लागेको छ ।

त्यसैगरी अन्य समुहको ३ दशमलव ५२ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १ दशमलव ४९ अंकले उकालो लागेको छ । यता उत्पादन र होटल समुहको परिसुचक भने क्रमशः २० दशमलव ७६ र १० अंक्ले ओरालो लागेको छ ।

बुधवार कारोवारमा आएका १ सय २६ कम्पनीको १० लाख ४७ हजार कित्ता सेयरबाट ६० करोड ३७ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL