काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ दशमलव ८२ अंकले ओरालो लागेको । बिहीबार बढेको सेयर बजार आज भने कारोबार रकममा सुधार भएपनि परिसुचक भने ओरालो लागेको हो ।
आज दिनभर भएको कारोबारमा २ सय २३ कम्पनीका ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँ माथि पुगेको हो । बिहीबार नेप्से परिसुचक बढेपनि कारोबार रकम भने ८८ करोडमै सिमित भएको थियो ।
आज होटल तथा पर्यटनबाहेक बजारमा कारोबार हुने सबै समुहको परिसुचक ओरालो लागेका छ । घट्ने समुहमध्ये सबैभन्दा बढी गिरावट बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक ७८ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ६८ अंकको गिरावट देखिन्छ ।
यस्तै आज अतिरिक्त र जलविद्युत समुहको परिसुचक २९ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा ३७ अंकको गिरावट देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुच शुक्रबार ६ अंकले घटेको छ ।