Logo

सुनको मुल्य एकैदिन १ हजारले घट्यो, चाँदीमा पनि गिरावट

सुनको मुल्य एकैदिन १ हजारले घट्यो, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य एकै पटक प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

मंगलाबार प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ५५ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतितोला ७ सय ४० रुपैयाँसम्म पुगेको चाँदीको मुल्य पनि केही दिन यता ओरालो लागिरहेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइहरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL