Logo

आठ अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोड ९८ लाखमै सिमित

आठ अंकले बढ्यो नेप्से, कारोबार रकम ८८ करोड ९८ लाखमै सिमित



काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८ दशमलव ३ अंकले बढेको छ । आज बजार ८ अंकले बढ्दा नेप्से २२ सय ३९ को विन्दुमा पुगेको छ ।

बजारमा आज ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको परिसुचक उकालो लागेको हो । आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समुहको देखिन्छ । आज होटल तथा पर्यटन समुहको परिसुचक २० अंकले घट्दा अतिरिक्त समुहको परिसुचक १४ अंकले ओरालो लागेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक ७ अंकले घट्दा वित्त समुहको परिसुचक ४ अंकले घटेको छ ।

बढ्ने समुहमध्ये आज सबैभन्दा बढी वृद्धि जीवन बीमा समुहको छ । आज जीवन बीमा समुहको परिसुचक ८९ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैकिङ समुहको परिसुचक भने १५ अंकले उकालो लागेको छ । आज दिनभर भएको कारोबारमा २ सय २२ कम्पनीका २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ८८ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्