Logo

पुँजी बजारको विकासका लागि उत्पादनशील क्षेत्रमा आकर्षण बढाइने, नियामक निकायको क्षमता बढाईने

पुँजी बजारको विकासका लागि उत्पादनशील क्षेत्रमा आकर्षण बढाइने, नियामक निकायको क्षमता बढाईने



काठमाडौं । सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै पुँजी बजारको विकास र विस्तारका लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिन् ।

त्यस्तै आगामी आवमा नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्नुका साथै बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL