Logo

सोमबार १२ अंकले बढ्यो बजार, कारोबार रकम १ अर्ब ३९ करोड माथि

सोमबार १२ अंकले बढ्यो बजार, कारोबार रकम १ अर्ब ३९ करोड माथि



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार उकालो लागेको नेप्सेले आज पनि उकालो यात्रालाई पछ्याएको हो ।

आज नेप्से परिसुचक १२.२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर रोकिएको छ ।

आज बजारमा कारोबार भएका समुहमध्ये होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र म्युचुअल फण्ड बाहेकका समुहहरु उकालो लागेका छन् । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक रहेको छ ।

आज लघुवित्त समुहको परिसुचक ६० अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक ५७ अंकले उकालो लागेको छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज १४ अंकको वृद्धि देखिँदा जलविद्युत समुहको परिसुचक १२ अंकले उकालो लागेको छ ।

आज कारोबार अवधिबर कुल २ सय २२ कम्पनीका ३३ लाख २४ हजार ८ सय २२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ पुगेको छ । आज जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । पछिल्लो समय उक्त कम्पनीको सेयरमूल्य लगातार उकालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्