Logo

साताको पहिलो दिन १८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड

साताको पहिलो दिन १८ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोड



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक करिव १८ अंकले बढेको छ । बिहान उकालो लागेर दिनमा उच्च अंकले घटेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा भने १७.९५ अंकले उकालो लागेको हो ।

आज बजार बढ्दा बैंकिङ र लघुवित्त समुहबाहेकका सबै समुहको परिसुचकहरु उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २ अंकको गिावट आउँदा लघुवित्त समुहको परिसुचक भने सामान्य अंकले घटेको छ ।

यता सेयर परिसुचक बढाएका समुहमध्ये सबैभन्दा बढी वृद्धि विकास बैंक समुहको परिसुचकमा देखिन्छ । आईतबार विकास बैंक समुहको परिसुचक १०८ अंकले उकालो लाग्दा सोही वृद्धिलाई पछ्याएको होटल तथा पर्यटन समुहको परिसुचकमा ७१ अंकको वृद्धि देखिन्छ । आज जलविद्युत समुहको परिसुचक ६६ अंकले, वित्त समुहको परिसुचक ५३ अंकले जीवन बीमा समुहको परिसुचक ३८ अंकले र अतिरिक्त समुहको परिसुचक ३५ अंकले बढेका छन् ।

आज दिनभर २ सय ३३ कम्पनीका ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

आज जालपा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्