Logo

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन, ५६ हजार ५ सयमा कारोवार

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुन, ५६ हजार ५ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । विहीबार स्थिर रहेको सुनको मुल्य शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बजारमा सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । विहीबार प्रतितोला ५ रुपैयाँले घटेको चाँदी शुक्रबार पुनः ५ रुपैयाँले बढी ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL