Logo

साढे ३ अंकले बढ्यो नेप्से, ५१ करोडको कारोवार

साढे ३ अंकले बढ्यो नेप्से, ५१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव ६२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ८३ दशमलव ५२ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन फाइनान्स समुहको परिसुचक सवैभन्दा बढी १७ दशमलव ९३ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत समुह ७, विकास बैंक ३ दशमलव ६७ र अन्य समुहको परिसुचक ५२ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १ दशमलव ७२ अंकले उकालो लागेको छ ।

यता बीमा समुहको परिसुचक भने ३ दशमलव ४ अंकले ओरालो लागेको छ ।

बुधवार १ सय १६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २१ लाख ३० हजार कित्ता सेयरबाट ५१ करोड ३२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL