Logo

बैंकिङ समुहसँगै ओरालो लाग्यो नेप्से, ६ अंकले घट्दा ४२ करोड ७७ लाखको मात्र कारोवार

बैंकिङ समुहसँगै ओरालो लाग्यो नेप्से, ६ अंकले घट्दा ४२ करोड ७७ लाखको मात्र कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव ३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ७९ दशमलव ९० अंकमा झरेर बन्द भएको हो ।

बुधवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक आरालो लागेकोले समग्र सेयर बजार आरालो लागेको हो । सो दिन बैंक समुहको परिसुचक १० दशमलव ९१ अंकले ओरालो लागेको छ ।

सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २७ दशमलव ६१ र जलविद्युत समुह २३ दशमलव ५१ अंकले घटेको छ । त्यस्तै विकास बैंक समुहको परिसुचक ० दशमलव ६३ अंकले ओरालो लागेको छ ।

सो दिन फाइनान्स,अन्य र बीमा समुहको परिसुचक भने क्रमशः ११ दशमलव ६७, २ दशमलव ३५ र १ दशमलव ६६ अंकले बढेको छ । बुधवार कारोवारमा आएका १ सय १९ कम्पनीको १० लाख १२ हजार कित्ता सेयरबाट ४२ करोड ७७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL