Logo

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, बढी कारोवार हुनेमा बैंक मात्र

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, बढी कारोवार हुनेमा बैंक मात्र


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक ओरालो लागेको छ । सोमबार हालसम्मकै उच्च अंकमा पुगेको नेप्से परिसुचक मंगलबार ५ दशमलव ८८ अंकले ओरालो लागेको हो । बजार खुलेदेखि नै घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय ८५ दशमलव ९३ अंकमा झेरर अडिएको छ ।

बजारमा फाइनान्स वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् । सो समुहको परिसुचक पनि १ अंकले मात्र बढेको छ । मंगलबार सवैभन्दा बढी बीमा समुहको परिसुचक ४१ अंकले ओरालो लागेको छ भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६ अंकले घटेको छ ।

मंगलबार सवैभन्दा बढी कारोवार हुने संस्थाको सुचिमा वाणिज्य बैंक रहेका छन् । उच्च कारोवार हुने १० कम्पनीको सुचिमा ९ वटा वाणिज्य बैंक रहेका छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण र प्रमोटर सेयर गरी ९ करोड ७० लाख रुपैयाँ बरावरको कारोवार भएको छ ।

मंगलबार कारोवार रकम पनि ओरालो लागेको छ । सोमबार ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएकोमा आज ५५ करोड ५६ लाख रुपैयाँ बरावरको १३ लाख २२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL