Logo

तनहुँका ढुंगानाले बनाए सोलार प्यानल स्कुटर, लगातार ६० किलोमिटर चल्ने

तनहुँका ढुंगानाले बनाए सोलार प्यानल स्कुटर, लगातार ६० किलोमिटर चल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा पहिलो पटक सोलार प्यानल राखी स्कुटर संचालनमा आएको छ । सो स्कुटर तनहुँका विकल्प ढुंगानाले बनाएका हुन् ।

सो स्कुटरको संवाद डबलीमा ढुंगानालाई प्रोत्साहन स्वरुप आयोजना गरिएको कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले शुभारम्भ गरेका थिए।

सो अवसरमा मन्त्री थापाले अनुसन्धानकर्ता ढुंगाना जस्ता हजारौं उर्जाशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने वातावरण बनाउन आफू लागिपरेको बताए ।

ढुंगानाले स्कुटरको नाम आफ्नी आमाको नामबाट ‘विष्णु सोलार स्कुटर’ राखेको बताए । विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको जसबाट मौसमको जानकारी लिन र हराएमा लोकेशन हेर्न सकिने छ । सो स्कुटर लगातार ६० किलोमिटरसम्म गुड्न सक्ने ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL