Logo

हालसम्मकै उच्च विन्दुमा नेप्से, नागरिक लगानी कोषको साढे १० करोडको कारोवार

हालसम्मकै उच्च विन्दुमा नेप्से, नागरिक लगानी कोषको साढे १० करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सो दिन नेप्से परिसुचक १२ दशमलव ८९ अंकले उकालो लागेको छ । सेयर बजार १ हजार २ सय ९१ दशमलव ८१ मा पुगेर बन्द भएको हो ।

सोमवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७७ अंकले बढेको छ । सो दिन बीमा समुहको परिसुचक ९ दशमलव ३४ र विकास बैंकको परिसुचक ८ दशमलव ७१ अंकले उकालो लागेको हो ।

त्यस्तै अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले बृद्धि भएको छ । यता होटल, फाइनान्स र जलविद्युत समुहको परिसुचक भने क्रमशः ८ दशमलव ७३,४ दशमलव ६५ र १ दशमलव ७८ अंकले ओरालो लागेको छ ।

सोमवार कारोवार रकममा पनि बृद्धि भएको छ । सो दिन कारोवारमा आएका १ सय २४ कम्पनीको १६ लाख ९३ हजार कित्ता सेयरबाट ७१ करोड ८७ लाख बराबरको कारोवार भएको हो ।
नागरिक लगानी कोषको कारोवार बढेकोले सेयर बजारको कारोवार भएको हो ।

सो दिन नागरिक लगानी कोषको कारोवार १० करोड ५३ लाख भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण र प्रमोटर सेयर गरी ७ करोड १२ लाख कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL