Logo

भिभोले तीन नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

भिभोले तीन नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य



काठमाडौं । भिभोले नेपालमा तीन नयाँ स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू सार्वजनिक गरेको हो । भि २३ फाइभजी, वाई ३३ एस र वाई०१ नेपालमा सार्वजनिक गरेको हो ।

भि २३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनिय पोट्रेटहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । भि २३ फाइभजी को ५० एमपी अटोफोकस पोट्रेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको कम्पनीले बताएको छ ।

यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य स्वरुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।

अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि २३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउँनेछन् ।

भिभोका तीनवटा स्मार्टफोनहरु – भि २३ फाइभजी, वाई३३एस, वाई ०१ आजबाट देशभर उपलब्ध हुनेछन् । भिभो भि २३ फाइभजीको मूल्य ५५,९९९ रुपैयाँ रहेको छ र यो ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वाई ३३ एस २९,९९९ रुपैयाँमा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई ०१ १३,९९९ रुपैयाँमा २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL