Logo

बैकिङ समुह उकालो लाग्दा साढे ५ अंकले बढ्यो नेप्से, इन्भेष्टमेन्टको साढे ७ करोडको कारोवार

बैकिङ समुह उकालो लाग्दा साढे ५ अंकले बढ्यो नेप्से, इन्भेष्टमेन्टको साढे ७ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ५ दशमलव ६४ अंकले बढेकोे छ । बैंकिङ समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय ७८ दशमलव ९२ अंकमा झरेर अडिएको छ ।

बजारमा बीमा वाहेक सवै समुह उकालो लागेका छन् । जसमध्ये नेप्से परिसुचकमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ८ अंकले बढेको छ । यसैगरी, उत्पादनमुलक समुह २९ अंकले बढेको छ भने होटेल समुह १० अंकले बढेको छ । अन्य समुहका परिसुचक भने १० अंकभन्दा कमले मात्र बढेका छन् ।

दिनभर कुल १ सय १३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ६३ करोड १२ लाख रुपैयाँ बरावरको १८ लाख ६५ हजार कित्ता सेयर कारोवार भएको छ ।

बजारमा सवैभन्दा बढी बैंकिङ समुहको सेयर कारोवार भएको छ । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण र प्रमोटर सेयर गरी साढे ७ करोड रुपैयाँ बरावरको सेयर करोवार भएको छ । यसैगरी सानिमा बैंकको ५ करोड ८० लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL