Logo

सातामा प्रतितोला १ सय रुपैयाँले मात्र बढ्यो सुन, चाँदी स्थिर

सातामा प्रतितोला १ सय रुपैयाँले मात्र बढ्यो सुन, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सातामा सुनको मुल्य १ सय रुपैयाँले मात्र बढेको छ । सातामा दैनिक रुपमा प्रतितोला ५ सयभन्दा बढीले घटवढ भएपनि अन्तमा १ सय रुपैयाँले मात्र बढेको हो ।

साताको शुरुमा सुनको मुल्य स्थिर रही प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार थियो । साताको तेस्रो दिन एकैपट प्रतितोला ८ सय रुपैयाँसम्म बढेपनि अन्तमा १ सय रुपैयाँले मात्र बृद्धि भएको छ । साताको अन्तिम दिन अर्थात शुक्रबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो साता चाँदीको मुल्य भने स्थिर रहेको छ । साताको पहिलो दिन प्रतितोला ७ सय ४० रुपैयाँ रहेको अन्तमा पनि सोही मुल्यमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL