Logo

बढ्यो गाडी भाडा, कहाँ पुग्न कति लाग्छ खर्च ?

बढ्यो गाडी भाडा, कहाँ पुग्न कति लाग्छ खर्च ?



काठमाडौं । सरकारले आईतबारदेखि नै लागु हुनेगरी गाडीभाडा बढाएको छ । बैज्ञानिक मूल्य निर्धारणअनुसार यातायात व्यवस्था विभागले लामो र छोटो दुरीमा चल्ने सबै सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो । यसरी लामो दुरीका सवारीसाधनको भाडा १५ प्रतिशतसम्मले बढेको छ भने छोटो दुरीका सवारीसाधनको भाडा १५ प्रतिशतसम्म बढाउँदा छोटो दुरीका सवारीसाधनको वा यात्रुबाहक सवारीसाधनको भाडा १० प्रतिशतले बढेको हो ।

अब पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको विभागले जानकारी दिएको छ ।

अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।

यस्तो छ नयाँ मूल्यसूची

प्रतिक्रिया दिनुहोस्
MBL