Logo

महिला मोटरसाइकल रेसिङ हुँदै, सडक सुरक्षा सम्वन्धि सन्देश फैलाउने उद्देश्य

महिला मोटरसाइकल रेसिङ हुँदै, सडक सुरक्षा सम्वन्धि सन्देश फैलाउने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) ले रेसनारी आयोजना गर्ने भएको छ । एनएमएफले पहिलो मोटरसाइकल रेसिङको रुपमा फागुन ८ गते रेसनारी आयोजना गर्न लागेको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने रेसनारीमा महिला राइडरहरु सहभागी हुने छन् ।

रेसनारीकै अवसरमा सब इभेन्टका रुपमा स्कुटर जिमखाना प्रतियोगिता, स्लो रेस प्रतियोगिता, ट्यालेन्ट हन्ट, राइडर्स युनिफाइडद्वारा विमेन स्कुटर स्टन्ट शो तथा अन्य विभिन्न इभेन्ट समेत आयोजना गरिने छ ।

यो मोटरसाइकलमा आधारित पहिलो क्लोज सर्किट रेस हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा खेल्न प्रोत्साहित गरिने बताइएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आवद्ध नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा रेसनारी आयोजना हुन लागेको हो । यसबाट सडक सुरक्षाको सन्देश समेत फैलाउन सहयोग पुग्नेछ । सुरक्षित रुपमा मोटरसाइकल चलाएमा सुरक्षा पनि हुन्छ भन्ने सन्देश दिने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL