Logo

माइक्रोम्याक्सको क्यानभास जुस बजारमा, मूल्य १० हजार

माइक्रोम्याक्सको क्यानभास जुस बजारमा, मूल्य १० हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माइक्रोम्याक्सको क्यानभास क्यु३८२(क्यानभास जुस ४) नेपाली बजारमा भित्रिएको छ । यो फोन एण्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टमद्धारा सञ्चालित छ । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको कम्पनीको दावी छ ।

यस फोनमा १ दशमलव १ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ ,जसले फोनलाई छिटो र बढी सक्षम बनाउन मद्दत गर्छ । त्यस्तै यसमा रहेको ५ इन्चको एफडब्लुभीजीए आइपीएस स्क्रिनले फोनलाइ आकर्षक बनाएको छ ।

सो मोवाइलमा ५ मेगापिक्सलको क्यामरा र २ मेगापिक्सलको फ्रण्ट क्यामरा छ ।

१ जीवी र्याम, ८ जीवी रोमलगायत विशेषता भएको यस फोनको बजार मूल्य १० हजार तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL