Logo

टिभिएसको नयाँ शोरुम सिराहामा, मोटरसाइकलका सवै मोडल उपलब्ध

टिभिएसको नयाँ शोरुम सिराहामा, मोटरसाइकलका सवै मोडल उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टिभिएस मोटरसाइकलको नेपाली बिक्रेता शंकर ग्रुपले सिराहाको गोल बजारमा नयाँ शोरुम स्थापना गरेको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल र माहाबिर अटोमोबिल्सका महेश शर्माले संयुक्त रुपमा शोरुमको उद्घाटन गरे ।

शोरुममा टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु बिक्रीमा राखिएको छ । सो शोरुममा अपाचे १६० सिसी, अपाचे १८० सिसी, जुपिटर, विगो, जेस्ट, फिनिक्स १२५ र स्टारसिटी प्लस ११० मोटरसाइकल राखिएको बताइएको छ ।

शोरुम उदघाटन कार्यक्रममा नयाँ अपाचे आरटिआर म्याट ब्लु एडिसन र तराई भेगका लागि विशेष उपयुक्त सय सिसीको टिभिएस स्पोर्ट पनि प्रदर्शनीको लागि राखिएको थियो

प्रतिक्रिया दिनुहोस्
MBL