Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, सनराइज र इन्भेष्टमेन्टको ६ करोडभन्दा माथी कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, सनराइज र इन्भेष्टमेन्टको ६ करोडभन्दा माथी कारोवार


बिजखबर संवाददाता
54
Shares

काडमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ७ दशमलव २० अंकले उकालो लागेको छ । बैंकिङ समुहको परिसुचक उकालो लागेपछि समग्र नेप्से परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक १२ दशमलव ५२ अंकले बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक २६ दशमलव ७५ अंकले बढेको छ । बजारमा बीमा र अन्य समुह बाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय १८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ६५ करोड ७३ लाख रुपैयाँ बरावरको ३३ लाख ४५ हजार कित्ता सेयर कारोवार भएको छ । कम मुल्यका सेयर कारोवार बढी हुँदा कारोवार संख्या बढी देखिएको हो ।

बजारमा सनराइज बैंकको मात्र ६ करोड ७१ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पनि साधारण र प्रमोटर सेयर गरी ६ करोड २६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

यता नेपाल बंगलादेश बैंकको ५ करोड १९ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ भने नेपाल बैंकको पनि ४ करोड ७६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । विहीबार सवैभन्दा बढी कारोवार हुने क्षेत्रमा बैंकिङ समुह नै अघि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL