Logo

वान प्लस १० प्रो फाइभजीको बुकिङ खुला, मोबाइल किन्न 0 प्रतिशत ब्याजदरमा ऋण पाइने

वान प्लस १० प्रो फाइभजीको बुकिङ खुला, मोबाइल किन्न 0 प्रतिशत ब्याजदरमा ऋण पाइने



काठमाडौँ । नेपालमा वान प्लस १० प्रो फाइभ जीको अग्रिम बुकिङ खुला भएको छ । यही चैत ११ गतेदेखि आफ्ना आधिकारिक बिक्रेता र दराज र सस्तो डिलमार्फत वान प्लस १० प्रो फाईभ जीको बुकिङ खुला भएको हो ।

अग्रिम बुकिङ गरेको वान प्लसको ग्राहकहरूलाई यही चैत १९ गतेदेखि मोबाइल फोन वितरण सुरू गरिने छ । यो फोनमा दोस्रो पुस्ताको हास्सेलब्लाड क्यामेरा, फास्ट पर्फमेन्स, १२० हर्ज डिस्प्ले र डबल कलर क्यालिब्रेसन जस्ता विशेषता छन् ।

साथै, यसमा अड्भान्सड टेक्नोलोजीको मद्दतले नयाँ गेमिङ विशेषता राखिएको कम्पनीको भनाइ छ । यो विशेषताले गेमिङ अनुभव बुस्ट हुने र चलाउनका लागि सहज हुने बताइएको छ ।

अग्रिम बुकिङ गर्दा प्रयोगकर्ताले वान प्लस बुलेट वायरलेस जेड, वान प्लस ब्यान्ड, वान प्लस बड जेड, वान प्लस बड्स प्रो र वान प्लस वाच पाउने बताइएको छ । यसैगरी, अग्रिम बुकिङ गर्दा एक वर्षका लागि मोबाइल स्क्रिन ब्रेकेज इन्स्योरेन्स, मोबाइल किन्न ० प्रतिशत ब्याजदरमा ऋण लगायतका सेवा पाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL