Logo

निशान म्याग्नाइट : भारतमा मात्रै ५० हजार थान उत्पादन

निशान म्याग्नाइट : भारतमा मात्रै ५० हजार थान उत्पादन



काठमाडौं । निशान इन्डीयाले हालसम्म ५० हजार थान निशान म्याग्नाईट उत्पादन गरेको छ । बिहीबार मात्रै कम्पनील भारतको चेन्नेईमा रहेको रिनोल्ट निशान अटोमोटिभ इन्डीया प्रालिबाट ५० हजारौं थान म्याग्नाईट उत्पादन गरेको हो ।

अन्तरराष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वल्ड’अनुसार एसयुभी खास मोडेलको उत्पादन हो । अब कम्पनी अन्तरराष्ट्रिय बजारमा पुरानोलाई विस्थापन गरी नयाँ उत्पादन उपलब्ध गराउने रणनिति अनुसार बजारमा आउने निशान मोटर इन्डीयाका अध्यक्ष सीनान ओजकोक बताउँछन् । उनका अनुसार बिगबोल्ड , ब्युटीफुल (ठुलो, बलियो, राम्रो ) एसयुभीले भारतका साथै अन्तरराष्ट्रिय बजारमा महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।

कोभिड १९ को संक्रमण चुनौती र सेमि कन्डक्टरको अभावको अवस्थामा पनि चेन्नेईले ५० हजारौं म्याग्नाइट उत्पादन गर्न सफल भएको छ । निसान म्याग्नाइटले २०२२ फेब्रुअरीमा ग्लोबल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले ड्राइभ गर्दा सुरक्षित आधार दिन्छ, बाक्लो जनघनत्व भएको सहर र पहाडी भिरालो सडकमा पनि यो राम्ररी चलाउन सकिन्छ । यसकोे गुणस्तर अति सुरक्षित छ र नै ग्राहकहरुले यसलाई विश्वास गरेका छन् । निसान म्यागनाइटले कतिपय प्रशंसनीय र उल्लेखनीय सम्मान र पुरस्कार जिति सकेको छ ।

म्याग्नाईटले हालसम्म प्राप्त गरेका सम्मानमा, बीबीसी टप गियर (बेस्ट टर्नअराउन्ड भेहिकल ईन इन्डीयन मार्केछ, बीबीस टप गियर कम्प्याक्ट एसयुभी अफर द इयर २०२१, मोटर अक्टेनको गमे चेन्जर अफ द इयर, अटोकार इन्डीयाको भ्यालु फर मनी कार अफ द इयरलगायतका सम्मान पाएको छ ।

निसानमोटर इन्डीयाका मेनेजिङ डाइरेक्टर राकेश श्रीवास्त भन्छन्, ‘बिगबोल्ड ब्युरी फुल एसयुभी गाडी प्रविधि परिवर्तनकारी रुपमा अगाडी आएको र यसमा विश्वमा प्रचलित उच्च प्रविधि प्रयोग भएको छ ।’

उनका अनुसार यसको डिजाइन उत्कृष्ट मानिएको छ ।‘लभ फर निसान’ भारतमा प्रचलित भनाई भईसकेको छ भने भारतीय बजारमा यसले कतिपय सम्मान र प्रशंसा पाएको छ । यसको माग १ लाखभन्दा बढी संख्या मा पुगेको छ र यसले एसयुभी र डिएनएका प्रविधि र गुणस्तरको मूल्याङ्कन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL