काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य दिनहुँजसो घटवढ भइरहेको छ । मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुन बुधबार पुनः ५ सय रुपैयाँले बढेको छ ।
बुधवार सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
पछिल्लो समय चाँदीको मुल्यमा पनि दिनहुँजसो घटवढ भएको छ । मंगलबार प्रतितोला १० रुपैयाँले घटेको चाँदी आज पुनः ५ रुपैयाँले बढको हो । बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।