Logo

नेप्सेमा १२ अंकको वृद्धि, कारोबार रकमले साथ छोड्दै

नेप्सेमा १२ अंकको वृद्धि, कारोबार रकमले साथ छोड्दै



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ दशमलव ५४ अंकले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार घटेको बजारमा मंगलबार वृद्धि देखिएपनि कारोबार रकमले भने साथ छोड्दै गएको देखिन्छ ।

आज कुल २ सय ३५ कम्पनीका ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा २ अर्ब ५१ करोड ८० लाखमा सिमित भएको छ ।

आज दिनभर भएको कारोबारमा व्यापार समुहबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ । आज व्यापार समुहको परिसुचक २६ अंकले घट्दा जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा ८५ र ५१ अंकको वृद्धि देखिन्छ । यस्तै आज विकास बैंक समुहको परिसुचकमा ४० अंकको वृद्धि देखिँदा वित्त समुहको परिसुचक २० अंकले बढेको छ ।

साथै आज म्युचुअल फण्ड र ईन्भेष्टमेन्ट समुहको परिसुचक सामान्य अंकले बढ्दा लघुवित्त र जलविद्युत समुहको परिसुचकमा क्रमशः २१ र ११ अंकको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्