काठमाडौँ । जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन बजारमा ल्याएको छ । इटालियन ब्राण्डको नयाँ स्वाद भएको वाइन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको ग्रुपले जानकारी दिएको हो ।
ग्रुपका अनुसार अंगुरबाट बनेको वाइन उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ रहेको जनाएको छ । कम्पनीका अनुसार ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले बताएको छ । जिमी ग्रुप कम्पनीले नेपाली बजारमा भित्र्याइएको वाइनको देशभर बजार व्यवस्थापन मस्टा ग्रुपले गरेको छ ।