Logo

एनआईबीएल एस क्यापिटलको सामाजिक उत्तरदायित्व, पोखरामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

एनआईबीएल एस क्यापिटलको सामाजिक उत्तरदायित्व, पोखरामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं । एनआईबीएल एस क्यापिटलले पोखरामा अन्तरक्रिया तथा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरेका थिए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।
उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्