Logo

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’मा २५ प्रतिशतसम्म छुट,योजना सिमित अवधिका लागि

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’मा २५ प्रतिशतसम्म छुट,योजना सिमित अवधिका लागि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दरवारमार्गस्थित ‘दा मिलानो इटालीया’ले परिचयात्मक अफरस्वरूप २५ प्रतिशतसम्म छुट दिइरहेको छ । दुई महिना पहिले दरबारमार्गको क्यापिटल मलमा खुलेको सो शोरुमले दामिलानो र रोसो ब्रुनेलो ब्रान्डका फेसन प्रोडक्टहरूमा छुट दिएको हो ।

दा मिलानोका उच्चस्तरीय लेदर प्रोडक्टहरुले विश्वभर फेसन पारखीको मन जित्न सफल भएका छन् । दामिलानोका नेपालका लागि आधिकारिक बिक्रेता आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार सिमित अबधिका लागि यस्तो अफर दिइएको हो ।

दा मिलानोका पछिल्ला उत्पादनहरु बिश्वबजारभन्दा कम मूल्यमै नेपाली बजारमा उपलब्ध गराइरहेको जानकारी समेत दिइएको छ ।

दा मिलानेका पुरुष तथा महिलाका लागि ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, आइप्याड कभर, वालेट, ट्राभल लगेज, पेन तथा भिजिटिङ कार्ड केस लगायतका उत्पादनहरु लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्