Logo

यूनि–क्यू फर्निचर्सको नयाँ शोरुम नक्सालमा, पञ्चकन्याका सवै उत्पादन उपलब्ध

यूनि–क्यू फर्निचर्सको नयाँ शोरुम नक्सालमा, पञ्चकन्याका सवै उत्पादन उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पञ्चकन्या उद्योग समूह अन्तर्गतको यूनि–क्यू फर्निचर्स प्रालिले काठमाडौको नक्सालमा शोरुम स्थापना गरेको छ । कम्पनीले गुणस्तरीय फर्निचरका नमूनाहरु प्रदर्शन गर्ने उद्देश्यका साथ शोरुम स्थापना गरेको बताएको छ ।

शो–रुममा पञ्चकन्याका सबै उत्पादनहरुको एकै स्थानबाट जानकारी तथा अवलोकन गर्न सकिने बताइएको छ । साथै आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी अझै गुणस्तरीय उत्पादनमा जोड दिने प्रतिवद्घता समेत समूहले व्यक्त गरेको छ ।

सुविधायुक्त सुरक्षित आवासको लागि आवश्यक पर्ने यस्ता व्यवसायलाई व्यवस्थित तथा मर्यादित पार्न यस प्रकारका शो–रुमले महत्वपूर्ण योगदान पु¥याउने आशा कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL