Logo

करिव पाँच अंकले घट्यो नेप्से, ३५ करोडको कारोवार

करिव पाँच अंकले घट्यो नेप्से, ३५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ४ दशमलव ८५ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ५८ दशमलव ८७ अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४५ दशमलव ९६ अंकले ओरालो लागेको छ । त्यस्तै वीमा समूहको परिसुचक ३९ दशमलव ८१, होटल समुहको २५ दशमलव ४३ र विकास बैंकको ११ दशमलव १२ अंकले घटेको छ ।

सो दिन सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २ दशमलव ७२ अंकले ओरालो लागेको छ । यता फाइनान्स तथा अन्य समुहको परिसुचक भने क्रमश १ दशमलव ६ र ७ अंक्ले उकालो लागेको छ । सो दिन १ सय ४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ५ लाख ३१ हजार कित्ता सेयरबाट ३५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL