Logo

‘क’ वर्गमा १७ वटा कम्पनी थपिए, नेप्सेले १ सय ३० कम्पनीलाई सुचिकृत गर्यो

‘क’ वर्गमा १७ वटा कम्पनी थपिए, नेप्सेले १ सय ३० कम्पनीलाई सुचिकृत गर्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को क वर्गमा १७ वटा कम्पनी थपिएको छ । नेप्सेले आर्थिक वर्ष २०७२÷७३ मा १७ वटा कम्पनी थप गरी क वर्गमा सुचिकृत हुनेको संख्या १ सय ३१ पुर्याएको छ । नेप्सेले गत आवको क वर्गमा १ सय १४ वटा कम्पनीमात्र सुचिकृत गरेको थियो ।

नेप्सेले निकालेको वर्गिकरण अनुसार वाणिज्य बैंक समुहमा २६ वटा कम्पनी रहेका छन् । यसैगरी, अन्य समुह १, जलविद्युतमा ३ वटा, होटलमा १, बीमा समुहमा १७, वित्त समुहमा २५, विकास बैंक समुहमा ५७ र उत्पादन तथा प्रशोधनमुलक समुहमा १ वटा कम्पनीलाई सुचिकृत गरेको छ ।

धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पालना गरेको कम्पनीलाई क वर्गमा सुचिकृत गरिएको नेप्सेले जानकारी दिएको छ । जसमा चुक्ता पँुजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १ हजार भएको, कम्तिमा ३ वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएकोलगायतका सर्तहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL