Logo

एकैदिन प्रतितोला १ हजारले बढ्यो सुन, चाँदीमा पनि १५ रपैयाँ बृद्धि

एकैदिन प्रतितोला १ हजारले बढ्यो सुन, चाँदीमा पनि १५ रपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । विहीबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन शुक्रबार १ हजार रुपैयाँले बढ्न पुगेको छ ।

बजार सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले जानकारी दिए । पछिल्लो समय अमेरिकी डलरको मुल्य बढेसँगै सुनको मुल्य उकालो लागेको समेत उनले जानकारी दिए । यो मुल्य २ वर्ष यताकै सवैभन्दा बढी हो ।

बजारमा चाँदीमो मुल्य पनि दिनहुँ जसो बढेको छ । चाँदी एकै दिन प्रतितोला १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL