Logo

सामान्य ओरालो लाग्यो नेप्से, नेपाल बैंकको मात्र सवाँ ६ करोडको कारोवार

सामान्य ओरालो लाग्यो नेप्से, नेपाल बैंकको मात्र सवाँ ६ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । बजार खुलेको केही समय बढेपनि अन्तमा घटेको छ । अन्तिम दिन नेप्से परिसुचक १ हजार २ सय ६३ दशमलव ७८ अंकमा झरेर अडिएको छ ।

दिनभर सवै समुहका परिसुचक सामान्य घटवढ भएका छन् । विकास बैंक र बीमा समुह ओरालो लाग्दा समग्र नेप्से परिसुचक ओरालो लाग्न पुगेको हो । यसैगरी, बजारमा प्रभाव पार्ने बैंकिङ समुह पनि सामान्य मात्र बढेको भने जलविद्युत समुह ४३ अंकले उकालो लागेको छ ।

बजारमा दिनभर कुल ५३ करोड ८८ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । जसमध्ये सवैभन्दा बढी नेपाल बैंकको सेयर करोवार भएको छ । नेपाल र्बैंकको दिनभर ६ करोड २७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ ।

दिनभर कुल १ सय १५ कम्पनीको ८ लाख ९० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL