Logo

जियोनिको म्याराथन सिरिजको एम फाइभ लाइट बजारमा, मूल्य २० हजार

जियोनिको म्याराथन सिरिजको एम फाइभ लाइट बजारमा, मूल्य २० हजार


बिजखबर संवाददाता
0
Shares

जियोनिको म्याराथन सिरिजको एम फाइभ लाइट बजारमा भित्रिएको छ । कम्पनीले ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन बजारमा ल्याएके हो ।

एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एचडि स्क्रीन रहेको छ ।

यस फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, १दशमलव ३ गिगाहर्जको क्वाड(कोर प्रोसेसरलगायत सुविधा छन् । त्यस्तै ४ हजार एमएएच को ब्याट्री यो फोनको आकर्षण भएको बताइएको छ । जुन साधारण फोन व्याट्रिभन्दा २ गुणा बढी क्षमताकोे भएको कम्पनीको दावी छ ।

त्यस्तै यसमा ३ जीबी र्याम र ३२ जीबी रोमजस्ता विशेषता छन् । फोनमा जियोनिको आफ्नै सफ्टवेर अमिगो ३ दशमलव १ छ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । यस फोनको बजार मूल्य १९ हजार ९ सय ९९ को रुपैयाँ पर्ने कम्पनीले जानकार िदिएको छ ।

जियोनिले एम फाइभ लाइटमा सिल्भर कोइन अफर पनि सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ग्राहकहरुले माघ २८ गते देखि फागुन ५ गतेसम्म एम फाइभ लाइट फोनको खरिदमा एउटा आकर्षक चाँदीको सिक्का निःशुल्क प्राप्त गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL