Logo

सामान्य बढ्यो नेप्से, साढे ६१ करोडको कारोवार

सामान्य बढ्यो नेप्से, साढे ६१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन नेप्से ० दशमलव ९३ अंकले बढेर १ हजार २ सय ६३ अंकमा पुगी बजार बन्द भएको छ ।

सोमबार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेपनि बजारमा बृद्धि भएको हो । सो दिन जलविद्युत समुहको परिसुचक ६३ दशमलव २६ र बीमा समुहको ५५ अंक्ले उकालो लागेकोले बजार सामान्य बढेको हो ।

यता सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक भने ० दशमलव ४१ अंक्ले घटेको छ । त्यसैगरी होटल,विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः ४८ दशमलव ३५, १४ दशमलव ८३ र ० दशमलव ०४ अंक्ले ओरालो लागेको छ ।

सोमबार कारोवारमा आएका १ सय २० कम्पनीको ११ लाख १९ हजार कित्ता सेयरबाट ६१ करोड ५५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL