Logo

एमजीको ‘एमजी जेडएस इभी २०२२’ नेपाली बजारमा, यस्तो छ बजार मूल्य

एमजीको ‘एमजी जेडएस इभी २०२२’ नेपाली बजारमा, यस्तो छ बजार मूल्य



काठमाडौं । नेपालमा मोरिस ग्यारेज (एमजी) मोटर्सले आफ्नो नयाँ विद्युतीय गाडी एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आईतबार एक कार्यक्रमको आयोजना गरि उक्त गाडी सार्वजनिक गरेको हो । उक्त गाडी स्ट्यान्डर रेन्ज र लंग रेन्ज गरि २ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

अहिले सम्म विक्री भईरहेका मोडल भन्दा एमजीले नयाँ जेडएसमा ठूलो साइजको ब्याट्री जडान गरिएको छ । अहिले नयाँ ल्याईएका मोडलमा एउटा ५१ दशमलव १ किलोवाट आवर हाइटेक ब्याट्री भएको गाडीको रेन्ज एकपटकमा फुल चार्ज गर्दा ३ सय १९ किलोमिटर रहेको छ भने अर्को ७२ दशमलव ६ किलोवाट आवरको हाई टेक ब्याट्री क्षमता भएको गाडीले ४ सय ४० किलोमिटर रेन्ज रहेको कम्पनीले उल्लेख गरेको छ ।

पछिल्लो समय विद्युतीय गाडीको बजार विस्तार संगै नेपालमा एमजीको जेडएस इभी निकै रुचाइएको गाडी भएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार एमजी जेडएस इभिमा २०२२ मोडेलमा डिजाइनका साथै सुविधामा पनि निकै परिवर्तन गरेर ल्याएको छ । उक्त मोडेलमा इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । इन्टेरियरमा १० दशमलव १ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।

यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू रहेको कम्पनीले जानकारी दिएको छ । एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ भएकोले उक्त गाडी एकदमै सुरक्षित मानिएको छ । यसमा रहेको १३० हर्सपावरको क्षमता र २८० एनएम क्षमता भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । जस्ले ८ दशमलव ५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूडन सघाउछ ।

ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसका साथै मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, एडप्टीभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले यसको मुल्य नेपाली बजारमा स्ट्यान्डर्ड रेन्जको ५१ लाख ९९ हजार र लंग रेन्जको ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL