Logo

फेरी घट्यो सुन, प्रतितोला ५३ हजारमा किनबेच, चाँदी स्थिर

फेरी घट्यो सुन, प्रतितोला ५३ हजारमा किनबेच, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । सो दिन सुन प्रतितोला ५३ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतवार प्रतितोला ५३ हजार ३ सयमा किनबेच भएको सुन सोमवार ३ सयले घटेको हो ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । सोमवार चाँदी प्रतितोला ७ सय १५ मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL