Logo

नेप्सेमा सवै समुह उकालो लाग्यो, परिसुचक १२६२ अंकभन्दा माथी,७५ करोडको कारोवार

नेप्सेमा सवै समुह उकालो लाग्यो, परिसुचक १२६२ अंकभन्दा माथी,७५ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय नेप्सेले दिनहुँजसो रेकर्ड ब्रेक गरिरहेको छ । अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय ५१ अंक पुगेर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज पुन १ हजार २ सय ७० अंक पुग्दै अर्को रेकर्ड कायम गरेको छ । बजार खुलेको केही समय ह्वात्तै बढेर १ हजार २ सय ७० अंकमा पुगेको नेप्से पुनः घट्दै १ हजार २ सय ६२ अंकमा झेरर अडिएको छ ।

यो हप्ता नेप्सेको कारोवार पनि उच्च रुपमा बढेको छ । लामो समयपछि गत हप्ताको अन्तिम दिन ७१ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा आज ७५ करोड ४७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । दिनभर कुल १ सय २४ कम्पनीको ६ लाख ३५ हजार कित्ता सेयर कारोवार भएको छ ।

साताको पहिलो दिन सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये नेप्सेमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १२ दशमलव ७८ अंकले बढेपछि समग्र नेप्से परिसुचक ११ दशमलव ४० अंकले बढेको हो ।

दिनभर बैंकिङ समुहको सेयर कारोवार बढी भएको छ । जसमध्ये सवैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ३३ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी, रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको पनि ५ करोड २७ रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । नेपाल एसवीआई बैंक र एभरेष्ट बैंकको पनि झण्डैं ३÷३ करोड रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्