Logo

अपडेटः दिनहुँ रेकर्ड ब्रेक गर्दै नेप्से, ३० मिनेटमा १६ अंकले बढ्यो

अपडेटः दिनहुँ रेकर्ड ब्रेक गर्दै नेप्से, ३० मिनेटमा १६ अंकले बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता उच्च रुपमा बढ्न शुरु गरेको नेप्से परिसुचक दिनहु जसो बढेको छ । पछिल्लो समय नेप्सेले दिनहुजसो रेकर्ड ब्रेक गरिरहेको छ ।

अघिल्लो साताको अन्तिम दिन सवैभन्दा बढी १ हजार २ सय ५१ अंकमा पुगेर अडिएको थियो । तर, आज बजार खुलेको ३० मिनेटमै १६ दशमलव ३९ ले बढेर १ हजार २ सय ६७ दशमलव ८१ अंममा पुगेको छ । यो हालसम्मकै सवैभन्दा बढी अंक हो । कारोवार शुरु भएको २० मिनेटको अवधिमा झण्डै १८ अंकले बढेको थियो ।

सो अवधिमा सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै १८ अंकले उकालो लागेको छ भने बीमा समुह ६० अंकले बढेको छ । ३० मिनेटमा ९ करोड रुपैयाँ बरावरको १ लाख ४१ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्