Logo

सुन प्रतितोला ५ सयले बढेर साढे ५२ हजारमा कारोवार, चाँदीमा पनि ५ रुपैयाँ बढ्यो

सुन प्रतितोला ५ सयले बढेर साढे ५२ हजारमा कारोवार, चाँदीमा पनि ५ रुपैयाँ बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । विहीबार प्रतितोल ३ सय रुपैयाँ बढेर ५२ हजारमा कारोवार भएको सुन आज पुनः ५ सय रुपैयाँले बढ्दै साढे ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

पछिल्लो समय डलरको मुल्य बढ्नेक्रमसँगै नेपाली बजारमा सुनको मुल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘अन्तरराष्ट्रिय बजारमा दिनहु सुनको मुल्य बढिरहेको छ भने अमेरिकी डलरको मुल्य पनि उच्च रुपमा बढेको छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय बजारमा सुनको मुल्य बढेको हो ।’

लामो समय स्थिर रहेको चाँदीको मुल्य पनि यस साता उकालो लागेको छ । विहीबार प्रतितोला १० रुपैयाँले बढेको चाँदी शुक्रबार ५ रुपैयाँले बढ्दै ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL