बिजखबर संवाददाता
१८ मंसिर, काठमाडौं । विहिबार नेप्से परिसुचक ३ दशमलव ६८ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा उच्च रुपमा बढेको नेप्से अन्तत ओरालो लागेको थियो । विहिबार ८ सय ५० अंकबाट बढेको नेप्से परिसुचक अन्तमा ८ सय ५३ दशमलव ८४ अंकमा पुगेर अडिएको छ ।
विहिबार बजारमा सवैभन्दा बढी जविद्युत् समुहको परिसुचक १३ दशमलव २१ अंकले बढेको छ । यसैगरी बैंकिङ समुहको पनि ७ अंकले घटेको छ । बजारमा विकास बैंक समुहको परिसुचक सामान्य रुपमा बढेको छ भने बीमालगायत अन्य समुहको परिसुचक ओरालो लागेको छ ।
बजारमा कुल १७ करोड ५८ लाख रुपैयाँ बरावरको ३ लाख ६४ हजार कित्ता सेयर कारोवार भएको छ ।