Logo

बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को को परे सिफारिसमा ?

बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को को परे सिफारिसमा ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले कुष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफरिस गरेको हो । सिफारिस भएका ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार ५ जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । ५ जना मध्येबाट पनि ३ जना छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL