Logo

९ अंकले बढ्यो नेप्से, कारोवार ७१ करोड नजिक

९ अंकले बढ्यो नेप्से, कारोवार ७१ करोड नजिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ९ दशमलव २९ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ५१ दशमलव ४२ अंकमा पुगेर बन्द भएको हो ।

बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै बीमा समुह ३८ दशमलव ७६, उत्पादन २७ र विकास बैंकको परिसुचक २३ दशमलव ७१ अंकले उकालो लागेको छ ।

त्यसैगरी अन्य ७ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको ४ दशमलव ८३ तथा होटल समुहको परिसुचक ४ दशमलव २५ अंकले बढेको छ ।

यता फाइनान्स समुहको परिसुचक भने १ दशमलव ९२ अंकले ओरालो लागेको छ ।

बिहीवार कारोवारमा आएका १ सय २४ कम्पनीको ११ लाख ४० हजार कित्ता सेयरबाट ७० करोड ९१ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL