Logo

माइक्रोम्याक्स क्यानभास पल्स फोरजी बजारमा, मूल्य १८ हजार

माइक्रोम्याक्स क्यानभास पल्स फोरजी बजारमा, मूल्य १८ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माइक्रोम्याक्सको क्यानभास पल्स फोरजी इपोभाइभ वान नेपाली बजारमा भित्रिएको छ । एण्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टमबाट सञ्चालित सो फोनमा एकै पटक दुई ओटा सिम प्रयोग गर्न सकिन्छ ।

त्यस्तै यसमा रहेको पाँच इन्चको एचडीआइपीएस स्क्रिनले फोनलाई आकर्षक बनाउछ । सो फोनमा रहेको फोरजी कनेक्टीभीटीबाट ठूला ठूला फाइल तथा भिडियोहरु पनि सजिलैसंग डाउनलोड गर्न सकिन्छ ।

यस फोनमा १ दशमलव ३ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ । जसले फोनलाई छिटो र बढी सक्षम बनाउन मद्दत गर्दछ । यसमा ३ जीवीको र्याम, १६ जीवीको इन्टरनल मेमोरी, तथा १६ जीवीको मेमोरीलगायत सुविधा छन् ।

१३ मेगापिक्सलको क्यामरा भएको सो फोनमा थ्रीजी, ब्लुटुथ, वाइफाइलगायत विशेषताहरु छन् । यस फोनको  मूल्य १८ हजार ३ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्