Logo

सेयर बजारमा देखियो सुधार, ५ अर्ब बढिको कारोबार

सेयर बजारमा देखियो सुधार, ५ अर्ब बढिको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आइतबार ओरालो लागेको बजारमा सोमबार भने १५ दशमलव ७१ अंकको वृद्धि देखिएको हो । आज बढेको बजारमा बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै समुह उकालो लागेका छन् ।

नेप्सेका अनुसार आज सबैभन्दा बढि जिवन बीमा समुहको परिसुचकमा वृद्धि आएको देखिन्छ । जिवन बीमा समुहको परिसुचक आज १ सय २४ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसुचक ७६ अंकले उकालो लागेको छ । यस्तै आज अन्य समुहको परिसुचकमा ५४ अंकको वृद्धि हुँदा उत्पादनमुलक क्षेत्रको परिसुचकमा ३४ अंकको वृद्धि देखिएको छ । बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ३ दशमलव ७८ अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय २४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २ करोड २० लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्