Logo

साढे ४ अंकले बढ्यो नेप्से, ४३ करोडको ६ लाख २८ हजार कित्ता सेयर कारोवार

साढे ४ अंकले बढ्यो नेप्से, ४३ करोडको ६ लाख २८ हजार कित्ता सेयर कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक ४ दशमलव ५८ अंकले बढेको छ । बजार खुलेदेखि सामान्य रुपमा उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार २ सय २० दशमलव ७० अंकमा पुगेर अडिएको छ ।

साताको पहिलो दिन अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि सामान्य बढेको छ । दिनभर कुल ४३ करोड ३४ लाख रुपैयाँ बरावरको ६ लाख २८ हजार कित्ता सेयर कारोवार भएको छ । आइतबार कुल १ सय ६ वटा कम्पनीको सेयर कारोवार भएको छ ।

बजारमा होटल र अन्य समुह वाहेक अन्य समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुह २६ अंकले बढेको छ भने बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ४ दशमलव ८७ अंकले उकालो लागेको छ ।

यसैगरी, विकास बैंक समुह ६ दशमलव ८१ अंकले बढेको छ भने जलविद्युत समुह १४ दशमलव ७६ अंकले बढेको छ । बीमा समुह १० अंकले बढेको छ भने फाइनान्स समुह ७ दशमलव ७५ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL