Logo

एक हप्ताको घटाईपछि बजारमा उछाल, कारोबार सवा ६ अर्ब बढी

एक हप्ताको घटाईपछि बजारमा उछाल, कारोबार सवा ६ अर्ब बढी



काठमाडौं । गत हप्ता लगातार घटेको सेयर बजार यो साताको पहिलो दिन १ सय ५ अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उच्च रुपमा वृद्धि भईरहेको बजार अन्तिम समयमा १ सय ५ दशमलव ५५ अंकले उकालो लागेको हो ।

बजारमा कुल २ सय ३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बढि पुगेको छ ।

आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी ईनर्जी कम्पनीलगायत ६ कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेक लागेको थियो । यस्तै आज सबैभन्दा बढि टर्नओभर अपी पावर कम्पनी, नेपाल टेलिकम र एचआईडिसीएल रहेका छन् ।

आज बजारमा कारोबार भएका सबै समुहमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक उकालो लागेको छ । नेप्सेका अनुसार आज जिवन बीमा समुहको परिसुचक ५ सय ४८ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसुचक ४ सय ३१ अंकले उकालो लागेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचकमा ३ सय १८ अंकको वृद्धि आउँदा उत्पादनमुलक समुहको परिसुचकमा १ सय ९७ अंकको वृद्धि देखिन्छ । यता बजारमा सबैभन्दा बढि प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ४६ अंकको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्