Logo

बिग सेल अफरले मोबाइलको मूल्य घट्यो, ५० प्रतिशतसम्मको छुट

बिग सेल अफरले मोबाइलको मूल्य घट्यो, ५० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
27
Shares

ललितपुर । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले विभिन्न मोडलका फोनमा ५० प्रतिशतसम्मको छुट दिएको छ । कम्प्लेक्सले आयोजना गरिरहेको विन्टर बिग सेलका कारण कम्प्लेक्समा बिक्री गरिने मोबाइलमा छुट दिइएको हो ।

कम्प्लेक्सले बिग सेलमा प्रिमियम मोडलका स्मार्टफोनहरुमा ८ प्रतिशत  अन्य विभिन्न मोडलहरुमा ५० प्रतिशतसम्मको छुट दिईएको छ । कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार मेलाको अवसर पारेर कम्प्लेक्सले सामसुंग ग्यालेक्सी एस सिक्स, एस सिक्स एज, हुवावेको पी ८ तथा पी ८ प्रिमियम मोडलहरुमा विशेष ८ प्रतिशतको छुट दिएको छ ।

त्यस्तै अन्य मोडलका फोनहरु सामसुंज ग्यालेक्सी जे सेभेन, जे फाइभ, हुवावेको जी प्ले मिनी, वाई सिक्स, पी ८ लाईट, लाभाको एक्स ८ क्यू, पिक्सेल भी टू प्लस सिंगापुरको ब्राण्ड डिटिसीको टर्चलगायतका अन्य ब्राण्डका स्मार्टफोनहरुमा ५० प्रतिशतसम्मको छुट दिईएको छ । सेलले ग्राहकहरुलाई निकै कम मूल्यमा फोन खरिद गर्ने अवसर सिर्जना गरेको वस्नेतले जानकारी दिए ।

मल तथा कम्प्लेक्सले आयोजना गर्ने बिग सेल माघ २६ गतेसम्म सञ्चालन हुनेछ । उक्त अवधिभर कुनैपनि सामाग्री खरिदमा ५० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराईएको छ । जाडोको मौसम सकिन लागेको हुँदा ग्राहकहरुलाई ५० प्रतिशतसम्मको छुटमा विभिन्न सामाग्रीहरु बिक्री गर्न लागिएको बिग सेलका आयोजक तथा मलका अध्यक्ष नेपाल डंगोलले जानकारी दिए ।

बिग सेलको अवधिभर विभिन्न ब्राण्डका स्मार्टफोन, फोन एसेसरिज, ग्याजेट्सलगायत मलमा रहेका लत्ता, कपडा तथा विभिन्न कस्मेटिक्स, जुत्ता, ब्राण्डेड फेसन वेयरमा विशेष छुट उपलब्ध गराईने छ । त्यसैगरी मलमा रहेका रेस्टुरेन्टको सेवामा पनि विशेष छुट दिईने बताइएको छ । ललितपुर मलद्धारा आयोजित विग सेलको अवसरमा गेम शो, फ्री फेस पेन्टिंग, कमेडि शो आयोजना हुनेछ । मलको दोस्रो तल्लामा रहेको मोबाइल कम्प्लेक्समा प्रवेशमा रु १ सय बराबरको निशुल्क लक्की ड्र कुपन दिईनेछ ।

उक्त कुपनबाट हरेक दिन लक्कि ड्र मार्फत ३ वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ । त्यस्तै एक्स्पोको अन्तिम दिन मोबाइल अवलोकन तथा प्रवेशकर्ताहरु मध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट १ लाख रुपैंया बराबरको बम्पर उपहार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL