Logo

क्लियरिङ बैंक संख्या ३ पुर्याउन बोर्डको निर्देशन, बैंशाखभित्रै पुर्याउनु पर्ने

क्लियरिङ बैंक संख्या ३ पुर्याउन बोर्डको निर्देशन, बैंशाखभित्रै पुर्याउनु पर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कम्तीमा ३ वटा क्लियरिङ बैंक स्थापना गर्न सम्बद्ध सरोकारवाला निकायलाई निर्देशन दिएको छ । हाल नेप्से फुल अटोमेशनमा गएको र यसलाई व्यवस्थित रुपमा संचालन गर्न मौजुदा व्यवस्थाले नधान्ने भन्दै कम्तीमा ३ वटा क्लियरिङ बैंक स्थापना गर्न दिर्नेशन दिएको हो । क्लियरिङ सम्बन्धी सेवालाई प्रतिस्पर्धी, स्तरीय र छिटो छरितो वनाउन क्लियिरङ बैकको स्थापना गर्न नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङलाई निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

गिरीका अनुसार ढिलोमा २०७३ बैशाख १ गतेभित्रै क्लियर बैंकको संख्या ३ पुर्याउन निर्देशन दिइएको हो । हाल एउटा क्लियिरङ बैंकमार्फत राफसाफको काम हुँदै आएको छ । तर, नेप्से पूर्ण स्वचालित प्रणालीमा गएपछि कारोवार रकम बढ्ने र एउटा मात्र क्लिियर बैंकमार्फत काम गर्न नसकिने भन्दै थप गर्न दिर्नेशन दिइएको हो । ‘तत्कालिन अवस्थामा दैनिक १ करोड रुपैयाँ बरावरको कारोवार हुँदा एउटा क्लिियर बैंकमार्फत काम भइरहेको थियो,’ उनले भने, ‘हाल दैनिक ५० करोड रुपैयाँभन्दा बढीको कारोवार भइरहेको छ ।’ साथै, आगामी दिनमा कारोवार रकम बढ्ने भएकाले क्लियर बैंक थप गर्न दिर्नेशन दिएको हो ।

यसैगरी, नेप्सेलाई मूल्य संवेदनशील सूचनाको प्रवाहलाई व्यवस्थित गरी सुचिकृत संस्थाहरुले सिधै नेप्सेको वेवसाईट मार्फत प्रवाहगर्न सक्ने व्यवस्था गर्न लागेको र यसरी प्रवाह हुने सूचना नेप्सेले प्रमाणित गरी एउटै फरम्याटमा लगानीकर्ताले हर्ने वातावरण मिलाउन समेत निर्देशन दिइएको गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL