Logo

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, साढे १ अंकले घट्दा ३६ करोडको मात्र करोवार

नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लागे, साढे १ अंकले घट्दा ३६ करोडको मात्र करोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार नप्से परिसुचक र कारोवार रकम दुवै घटेको छ । बजार खुलेको केही समय सामान्य बढेको नेप्से परिसुचक अन्तमा १ दशमलव ४५ अंकले घटेको छ ।

बुधबार नेप्से परिसुचक १ हजार २ सय १६ दशमलव ९६ अंकमा झेरर अडिएको छ । बुधबार कारोवार रकममा पनि गिरावट आएको छ । अघिल्लो हप्ता दैनिक कारोवार ६० करोड रुपैयाँभन्दा माथी पुगेकोमा आज ३६ करोड ४५ लाख रुपैयाँ बरावरको मात्र सेयर करोवार भएको छ । जलविद्युत लगानी तथा विकास कम्पनीबाट फिर्ता भएको पैसा सेयर बजारमा आउने अपेक्षा गरिएपनि सोही अनुरुप लगानी हुन सकेन ।

बजारमा होटल, विकास बैंक र फाइनान्स समुह सामान्य रुपमा बढेका छन् । तर, बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक घट्दा समग्र नेप्से परिसुचक नै ओरालो लागेको छ । बुधबार सवै समुहका परिसुचक १० अंकभन्दा कमले घटेका छन् । जसमध्ये बैंकिङ समुह २ दशमलव २३ अंकले घटेको छ भने जलविद्युत समुह भने ८ अंकले घटेको छ ।

दिनभर कुल १ सय कम्पनीको ६ लाख २३ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL